mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

मनसुनी वायुको प्रभाव कायम, कहाँको मौसम कस्तो ?

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

राति कोशी प्रदेश सहित देशका तराईका केही  स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस