एमालेको अवरोधले प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगीत भएको छ । शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँसेर स्थगित भएको जानकारी दिएको हो ।

अघिल्लो बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो । यसअघि राष्ट्रिय सभाको बैठक पनि एमालेको अवरोधकै कारण शुक्रबार कार्यसूचीमा प्रवेश गर्नै नपाई स्थगित भएको थियो । प्रतिनिधि सभाको आगामाी बैठक २४ असारमा बोलाइएको छ ।

नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले १८ असारमा दिएको अभिव्यक्तिको विरोधमा गर्दै संसद अवरोध गर्दै आएको छ । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस