काठमाडौँ । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । प्राधिकरणले कम्पनीलाई चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो ।
प्राधिकरणबाट अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)सँग अनुमति माग्नेछ । बोर्डले अनुमति दिएपछि मात्रै यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद जारी गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने ९६ करोड ३१ लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ अर्ब रुपैयाँ पुग्नेछ ।
तपाईंको प्रतिकृया



