ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गरी पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराई छन् । महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौँ महानगरका अधिकृत हुन् । त्यस्तै कार्की मालपोत कार्यालयका कर्मचारी हुन् ।

यसअघि असार १२ मा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सात जनलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये तीन जना सर्वोच्च अदालतबाट पहिल्यै लिएको आदेशका कारण छुटेका थिए । बाँकीले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका छन् ।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा पास गरिएको भन्दै सीआईबीले फेरि अनुसन्धान शुरू गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री