ललिता निवासको सरकारी जग्गामा तारबार लगाउँदै महानगर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिताको निवास सरकारी जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो । ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताएका छन् ।

‘ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न हाम्रो टोली जाँदैछ’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व हो । त्यहीअनुसार उक्त क्षेत्रमा तारबार गर्दैछौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस