प्रभु बैंकद्वारा कृषकहरुलाई सहुलियतपूर्ण ऋण प्रदान

काठमाडौं । प्रभु बैंकले कृषकहरुलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बैंकले हेफर इन्टरनेशनल नेपालसँग युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा भएको सम्झौता अनुरुप धादिङ्ग जिल्लाको खनियाँबास गाउँपालिकाका किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको हो ।

धादिङको आरुघाटमा एक कार्यक्रम बिच खनियाँबास गाउँपालिकाका अध्यक्ष श्री रण बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल र प्रभु बैंक बाग्मति प्रदेश प्रमुख राजु केसीले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।

खनियाँबास गाउँपालिकाका किसानहरू क्रमशः आकृति कुखुरा पालन तथा कृषि व्यवसाय, लपसङ कोर्प आग्रो फर्म, सुसन्ना बाख्रा पालन फर्म, एम.बि. बाख्रा पालन तथा कृषि व्यवसाय, धार्ना डुन्डुरे वोयर बाख्रा पालन फर्म र सिङला बाख्रा पालन फर्मका ६ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरिरहेका उद्यमीहरुलाई प्रभु बैंकको आरुघाट शाखा कार्यलयबाट रु ५० लाखको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष रणबहादुर तामाङले खनियाँबास गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे । बैंकले ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । सम्झौता अनुरुप करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री