ग्लोबल आइएमई बैंकका ४०० कर्मचारीलाई आइएफसीद्वारा तालिम प्रदान

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (इटरनेशनल फाइनान्स कर्पोरेशन) र ग्लोबल आइएमई बैंकको सहकार्यमा कर्मचारीलाई तालिम कार्यक्रम सम्पन्न भएको छ ।

आइएफसीले बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयको तालिद प्रदान गरेको हो ।

तालिममा विशेष गरी आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञले सञ्चालन गरेका थिए ।

अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासन लगायतका विषयबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैंकिङ क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस