फाइल फाेटाे

काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु

काठमाडौँ । काठमाडौँमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ । बिहान भोटेबहालमा दुई युवक इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसर प्रवक्ता एसएसपी सीताराम रिजालका अनुसार डुबेर झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको हो । नजिकैको घरमा रङ लगाउन पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि निकाल्न खोज्दा उनीहरूको मृत्यु भएको अनुमान छ ।

प्रहरीकाअनुसार मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए । दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको हो । रङ लगाउन गएका अर्का युवकले दुई जनालाई इनारमा डुबेको देखेपछि घटना बाहिर आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बढे जुवाडेः विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ । जसमा …

प्रतिकृया दिनुहॊस