काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्लाई बिरालो बाँधेर श्राद्ध गरेजस्तो कर्मकाण्डी थलो नबनाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
उनले बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न मिल्ने पनि बताए । ‘बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न गजबले मिल्छ ! मैले २०६५/६६मा अर्थमन्त्री छँदा सुझाव समेटेर संशोधन गरेको नजिर पनि छ,’ भट्टराइले अगाडि भनेका छन्, ‘यदि बिरालो बाँध्नै पर्ने नियम कतै छ भने बिरालोलाई फुकाएर छाड्ने अधिकार सार्वभौम संसद्लाई छदैछ !
संसदलाई बिरालो बाॅधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाऊॅ! बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न गजबले मिल्छ! मैले २०६५/६६मा अर्थमन्त्री छॅदा सुझाब समेटेर संशोधन गरेको नजीर पनि छ।यदि बिरालो बाॅध्नै पर्ने नियम कतै छ भने बिरालोलाई फुकाएर छाड्ने अधिकार सार्वभौम…
— Baburam Bhattarai (@brb1954) June 26, 2023




