करिब दुई केजी सुनसहित एक जना पक्राउ

काठमाडाैं । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका १० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिए । चेकजाँचका क्रममा गिरीले चलाएको बा १२ च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँट्टा फेला परेको उनको भनाइ छ ।

‘सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाई उक्त वस्तु ल्याइएको पाइएको छ’, थापाले भने ‘आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौ, थप अनुसन्धान भइरहेको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस