शिव परियारको दशैं कोशेली ‘सुनको माया’ [भिडियोसहित]

काठमाडौं । गायक शिव परियार नयाँ सांगीतिक कोसेली ‘सुनको माया’ बोलको गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

श्वेता मैनालीको शब्द रहेको गीतमा गायक शिवको संगीत तथा स्वर रहेको छ । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ʻडान्सिङ जनराʼको छ । आफ्ना स्रोता तथा दर्शकहरुका लागि दशैं उपहारस्वरुप यो गीत सार्वजनिक गरेको शिव बताउँछन् ।

विकास सुवेदीको निर्देशनमा तयार भएको गीतको  भिडियोमा मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । अनिल कुमार मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन ।

https://www.youtube.com/watch?v=2fVQxnHiwHo

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस