स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप खस्यो, आठ जनाको मृत्यु

काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको लु १ च ६३४५ नम्बरको जीप दुर्घटना हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएका जीप चालक दाङको लमही नगरपालिका-५ का तारा कुमाल बाहेक अरुको सनाखत हुन बाँकी रहेको प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो ।

जीप पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो । तर ती सबैलाई बचाउन नसकिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

मन्थली । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा …

प्रतिकृया दिनुहॊस