बालेनलाई सलाम, हामी झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइ दिनुभयो : सांसद गिरी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको सांसद गिरीको भनाइ थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद गिरीले निर्वाचन क्षेत्रमा खसी मर्दा, कोही व्यक्ति हराउँदा, पहिरो जाँदा पनि सहयोग पाउँ भनेर फोन आउने गरेको बताए ।
‘म आफूलाई झोले सांसद भन्न चाहन्छु । राति १२ बजे फोन आउँछ, बूढी आमाको । बाबु मेरो त खसी एउटा मर्‍यो, कहींबाट केही पाइन्छ कि ! दुई खसी पालेको थिए, एउटा मर्‍यो । सांसद बाबुले केही गर्नुहुन्छ कि भन्नुहुन्छ,’ उनले भने, ‘नेपाली जनतालाई यो सांसदले कानुन, विधि, विधेयक बनाउने हो ? आफ्नो नागरिकलाई बुझ्नुस् । उसलाई त पहिरो गयो भने माननीयज्यू पहिरो गयो भन्नुहुन्छ । आगो लाग्यो भने फोन आउँछ ।’

प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरू बल्ल वडाध्यक्षसरह पुगेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए । सांसद गिरीले भने मेयर शाहलाई सलाम गरेको भन्दै जवाफ दिएका छन्, ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइ दिनुभयो !’

बजेटमा आयोजनाको वितरण समानुपातिक र आवश्यकताका आधारमा नभएको पनि गिरीले बताए । उनले त्यसलाई निर्वाचन क्षेत्रबाट सकरात्मक प्रतिक्रिया नआएको बताए । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो रकमका आयोजना छुट्याउने प्रवृत्ति कायमै रहेको उनले बताए । संसदीय मर्यादा र अभ्यास मान्ने भए पनि सरकारको यस्तो विनियोजनको आलोचना गर्ने उनको भनाइ थियो ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै निर्वाचन क्षेत्रमा समानुपातिक रूपमा बजेछ विनियोजन भएको सांसद गिरीको भनाइ थियो । ‘त्यै ५ करोड मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले गएको छ, अरु गएको छ ?,’ उनको भनाइ थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोगमा मुख्य सचिवसरहको पदमा हालै सरुवा भएका अर्यालले सोमबार राजीनामा बुझाएका हुन् ।

प्रतिकृया दिनुहॊस