नेपालमा कहिले घट्छ गर्मी ?

काठमाडौँ । उखरमाउलो गर्मीका कारण केही दिनयता देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागले तराई भूभागमा अझै केही दिन ‘लू’ अर्थात् तातो हावा चल्न सक्ने भएको सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको छ ।

असह्य गर्मीका कारण तराई भूभागमा शिक्षण संस्थाहरू समेत बन्द गरिएको छ । विभागका अनुसार बिहीवार नेपालका चार ठाउँमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ । नवलपरासीको दुम्कौली, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा हालसम्मकै उच्च तापक्रम मापन गरिएको हो ।

कहिले घट्छ गर्मी ?
विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख तथा वरिष्ठ मौसमविद्‌ इन्दिरा कँडेलका अनुसार अहिलेको गर्मीसँग तीनवटा अवस्था जोडिएको देखिन्छ । ‘पहिलो त नेपालको भौगोलिक अवस्थितिका कारण यो समयमा सूर्यको किरण धेरै आउँछ जसका कारण जमिनको सतह धेरै तात्छ र हावालाई पनि तताउँछ,’ उनले भनिन्, ‘दोस्रो अहिले वर्षा गराउने गतिविधि कम भएको छ जसले गर्दा गर्मी धेरै भइरहेको छ र तेस्रो कारण जलवायु परिवर्तनको असर हो ।’

मनसुन सुरु नभएसम्म गर्मी कम हुने सम्भावना देखिएको छैन । मनसुन सुरु भएपछि बल्ल तापक्रम घट्न थाल्छ,’ तर नेपालमा अझै पाँच–सात दिनसम्म मनसुन सक्रिय नहुने पूर्वानुमान रहेको वरिष्ठ मौसमविद्‌ कँडेलले बताइन् । त्यसकारण अहिले भइरहेको गर्मी यथावत्‌ रहन्छ वा अझै बढ्ने उनको भनाई छ ।

मौसमविद्‌हरूका अनुसार एल निन्यो हुने बेला नेपालमा मनसुनमा कम वर्षा हुने गरेको पाइएको छ । त्यो हुँदा पनि गर्मी बढ्छ । यो मनसुनमा नेपालमा कम वर्षा हुने आकलन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस