नेपालमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल भयो : डा. भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल भएको टिप्पणी गरेका छन् । बिहीबार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

उनले आफूले सङ्घर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए । उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै दाबी गर्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने जिकिर गरे । भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न सङ्कल्पसहित अघि बढ्नु पर्ने खाँचो रहेको भट्टराईको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री