संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन- दुईपक्षीय हितलाई बलियो बनाउन भ्रमण अर्थपूर्ण रह्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७-२० जेठमा चारदिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हुन् ।

उनले अर्थ, ऊर्जा र उड्डयनका विषयमा महत्त्वपूर्ण सहमति भएको बताएका छन् । सार्वजनिक भएकै कुराहरू बोलेका प्रधानमन्त्रीले समग्रमा आफ्नो भ्रमणले दुई पक्षीय हितलाई बलियो बनाउन कोशेढुंगा साबित भएको जिकिर गरे ।

भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै उनले सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले सातवटा दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराए । रेलमार्गबाट पारवाहन सुरु गरिएकाे प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री