काठमाडाैं । पोखरामा जिपको ठक्करले एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा भएको दुर्घटनामा परि अन्दाजी ३० वर्षका पुरुषको मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।
बागलुङबाट पोखरातर्फ आउँदै गरेको लु ३ च ५१२ को जिपले युवकलाई ठक्कर दिएको थियो । शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
तपाईंको प्रतिकृया




