काभा महिला भलिबलको उपाधि भारतलाई

काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा भारतले काजगस्थानलाई ३–० को सोजो सेटमा पराजित गरेको हो ।

भारतले पहिलो सेट २५–१५ ले, दोस्रो सेट २५–२२ र तेश्रो सेट २५–१८ ले जितेको छ । च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको थिए भने अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री