नवनियुक्त वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री कुमारीले लिए शपथ

काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले शपथ लिएका हुन् ।

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार महतो र प्रमीला कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्री नियुक्त गरेका थिए ।

मन्त्री र राज्यमन्त्रीको शपथ भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । दुवै जना जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस