मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

काठमाडाैँ । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस