सन्दीपविरुद्धको मुद्दा पराजुलीको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिगमाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो ।

सन्दीपविरुद्धको मुद्दाको पेशी न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको इजलासमा परेको छ । जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन । सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री