सिद्धार्थ बैंकलाई आइएफसीले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने

काठमाडौं । सिद्धार्थ बैंकलाई इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले ५ करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ। सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको हो।

बैंकलाई प्रदान गरिने सो ऋण रकम आइएफसीले नेपाली बैंकलाई हालसम्म प्रदान गरेको सबैभन्दा बढी ऋण रकम भएको बैंकले बताएको छ। यस सहकार्यबाट प्राप्त रकम बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपूर्ण कृषि जस्ता परियोजनामा लगानी गर्ने बैंकले जनाएको छ।

यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

२ खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति, २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ कर्जा पुँजी भएको बैंकले देशभरी १९५ शाखा, २२३ एटिएम र १ हजार ७४४ पिओएसमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस