जापानमा बस दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ । जापानमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । मियागी प्रिफेक्चरको कुरिहारामा भएको बस दुर्घटनामा दुई नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको हो ।

मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् ।  थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो ।

बसमा खराबी देखिए पछि मियागी प्रान्तको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिराखेको अवस्थामा ट्रकले आएर ठक्कर दिएको हो । एक्सप्रेस रोडमा रोकिराखेको बसलाई ट्रकको ठक्करपछि सो बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो । उक्त बसमा चालक दलका सदस्य सहित ४० जना थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस