हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफू मातहातका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन अपिल गरेका छन् । काठमाडौँका ‘भ्रष्ट कर्मचारी’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् ।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले भनेका छन्, ‘कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्‍यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।

उनले अगाडी मोबाइल नम्बर उपलब्ध गराउँदै भनेका छन्, ‘हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री