काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालतले अनुसन्धान लागि उक्त म्याद दिएको हो ।
पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ गरिएको थियो । प्रहरीले उनलाई सोमबार अदालत पेस गरेको हो । प्रहरीले अब रायमाझीलाई बयान गराउने छ । रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूलाई सहयोग गरेको अनुसन्धानमा पाइएको थियो ।
रायमाझीका छोरा सन्दीप रायमाझीको नाममा चेकसमेत लिएको र बिचौलियाहरूसँग पटक(पटक भेटघाट र घुमफिर गरेको समेत पाइएको थियो ।
तपाईंको प्रतिकृया




