काठमाडौं । संघीय सांसद तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राणाले यस्तो बताएकी हुन् ।
उनले आफ्नो चरित्रहत्या गरिएको पनि बताएकी छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्ररणमा को-को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्ने राणाको भनाइ थियो । ‘सत्यतथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर कोही छैन,’ उनले भनिन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो छानबिनका लागि प्रहरीमा बुझाएको तर ६ दिनसम्म पनि रिपोर्ट नआएको भन्दै राणाले आपत्ति जनाइन् । उनले अगाडि भनिन्, ‘भुटानी शरणार्थी काण्ड लज्जास्पद लागेको छ ।’




