काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरु फेरि संवादमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले संवादमा जुटेका हुन् ।
जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ ।
तपाईंको प्रतिकृया




