याैन दुर्व्यवहार गरेकाे अभियोगमामा कृषि विज्ञ मदन राई पक्राउ

काठमाडाैँ । कृषि विज्ञका रूपमा परिचित तथा ‘शुभद्रा मदन फाउन्डेशन’का सञ्चालक मदन राई पक्राउ परेका छन् । फाउन्डेशनले चलाएको स्कुलमा पढ्ने बालिका तथा किशोरीहरुलाई यौन दुव्यवहार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फाउन्डेसनका संस्थापकसमेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनले खोटाङको दिक्तेलमा उक्त फाउन्डेशनमार्फत स्कुल चलाउँदै आएका थिए । खास गरी यौनका विषयमा विविभन्न सञ्चारमाध्यममा बोल्दै आएका उनले विभिन्न अन्तर्वार्तामा आफूले चलाएको स्कुलमा यौनबारे खुलेर शिक्षा दिने समेत बताउँदै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री