पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । मंगलबार इस्लामावादस्थित उच्च अदालतबाट खानलाई पक्राउ गरिएको पाकिस्तानको जियो न्यूजले जनाएको छ ।

उनलाई पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको हो । इमरान खान आफुविरुद्धका विभिन्न मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकले गृह मन्त्रालयका सचिव र इस्लामावादका प्रहरी प्रमुखलाई पक्राउ गरेपछि मात्र १५ मिनेटभित्र अदालतमा उपस्थित हुन आदेश दिएका छन् । न्यायाधीश फारुकले यदि प्रहरी प्रमुख अदालतमा उपस्थित भएनन् भने पाकिस्तानका प्रधानमन्त्रीलाई अदालतमा बोलाउने चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

इमरानलाई अल कादिर ट्रस्ट मुद्दामा पक्राउ गरिएको बताइएको छ । यो विश्वविद्यालयसँग सम्बन्धित विषय हो । इमरानले प्रधानमन्त्री हुँदा गैरकानूनी रूपमा यस विश्वविद्यालयलाई करोडौं मूल्यको जग्गा दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस