कोरोना भाइरस : थप ५७ जनामा संक्रमण पुष्टि, १४७ सक्रिय संक्रमित

काठमाडौं । थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १९३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७१६ र एन्टिजेनबाट १२१५ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा २७ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस