काठमाडौं । एनआईसी एशिया बैंकको असार २२ गतेबाट खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मा, कालिकोटमा नयाँ शाखा सञ्चालनमा आएको छ ।एक समारोहकाबीच खडाचक्र नगरपालिकाका मेयर जसि पाण्डे तथा कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाहीले संयुक्त रुपमा विधिवत् उद्घाटन गरे ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर १ सय १७ शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।
प्रतिकृया दिनुहॊस