प्रिमियर लिगका दुई शीर्ष टिम लिभरपुल र सिटीले अंक बाँडे

काठमाडाैं । जारी सिजन उत्कृष्ट र्फममा रहेका दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले आइतबार राति भएको खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टिमले रक्षात्मक खेलेका थिए। तर म्यानचेस्टर सिटीका लागि महत्वपुर्ण तीन अकं बनाउने सुन्दर मौका भने उसले सदुपयोग गर्न सकेन् । उसले  पेनाल्टीमा पाएको मौकामा गोल गर्न असफल भयो । खेल सकिन चार मिनेट बाँकी रहँदा सिटीले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसमा रियाद महरेज गोल गर्न असफल भए । भिसेन्ट कोम्पनीलाई बेन्जमा राख्दै प्रशिक्षक पेप ग्वार्डिओलाले महरेजलाई पहिलो रोजाईमा उतारेका थिए । यद्यपि बराबरीपछि लिभरपुल प्रशिक्षक जर्जिओ क्लोप्स र लिभरपुलका ग्वार्डिओला दुवैले उत्कृष्ट प्रदर्शन गरेको बताए ।

बराबरीपछि शीर्ष स्थानको सिटीले ८ खेलबाट २० अंक बनाएको छ । समान अंक भएपनि गोल अन्तरका आधारमा पछाडी पर्दै लिभरपुल दोस्रो स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्र टी-२० वरीयताकाे टप १० मा

काठमाडौं – नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष …

प्रतिकृया दिनुहॊस

This will auto close after