अब पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने

काठमाडौं – सरकारले सडक किनारमा बेचिने खाद्य बस्तु (स्ट्रिट फुड) को प्याकिङमा कडाइ गर्ने भएको छ । पत्रपत्रिका तथा विभिन्न प्रिन्टेड पेपर (काम नलाग्ने कागज) मा खाद्य बस्तुको प्याकिङ गर्न पूर्ण रुपमा निषेध गर्ने तयारी भइरहेको हो ।

पत्रिकाहरुमा विभिन्न रसायन हुने र त्यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले पत्रपत्रिका लगायत प्रन्टेड पेपरहरुमा पोको पारेर खाने कुरा बेच्न प्रतिबन्ध लगाउने तयारी भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यको भनाइ छ । स्ट्रिट फुडसहित अन्य खानेकुरा प्याकिङमा प्रिन्टेड पेपरको प्रयोगमा प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको हो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेकाले त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोग गरेर प्याकिङ गरिने काममा प्रतिबन्ध लगाउन चाहेको स्पष्ट पारिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री