प्याराग्लाइडिङ र केबुलकार उद्घाटन गर्न प्रधानमन्त्री चितवनमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । उनी आइतबार जहाजबाट चितवन गएका हुन् ।

उनले नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकार उद्घाटन गर्ने कार्यक्रम छ । मौलाकालिका पुग्नका लागि छोटो दरीको माध्यमको रूपमा निर्माण गरी सञ्चालनमा ल्याइएको केबुलकार आज उद्घाटन गरिने भएको हो ।

केबुलकार उद्घाटनसँगै प्रधानमन्त्री प्रचण्डले बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’ इभेन्टमा सहभागी भएर बिहान हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले आइतबार शिवनगरस्थित आफ्नै निवासमा बिताएका छन् ।

उनी आज चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका …

प्रतिकृया दिनुहॊस