निराकाे हत्यामा संलग्न सार्वजनिक, लुटपाटकै उद्देश्यले हत्या

काठमाडौं । प्रहरीले काठमाडौँको चाबहिलस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । प्रहरीले लुटपाटकै उद्देश्यले घटना भएकाे बताएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले झापाबाट विनोद विकलाई शनिबार पक्राउ गरेको थियो ।

उनलाई आइतबार प्रहरीले सार्वजनिक गर्दै ७ वैशाखमा निराको हत्यापछि निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११-१२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिएका छन् । विकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको बयानमा बताएका प्रहरीले जनाएको छ ।

निराको हत्याअघि विकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । एसएसपी आचार्यका अनुसार ‘थप अनुसन्धान भएर नयाँ चिज पनि आउन सक्छ । अहिले हाम्रो प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिन्छ ।’

निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन् । ‘हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका रहेछन्,’ एसएसपी आचार्यले भने । निराको परिवारसँग यसअघि विकको कुनै पनि सम्पर्क भएको नपाइएको बताउँदै एसएसपी आचार्यले भने, ‘मृतक र मृतकका परिवारसँग यसअघि उसको सम्पर्क भएको देखिएन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस