काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी स्वदेश फर्किँदैछन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत नेता भण्डारी करिब साढे दुई महिनापछि आज स्वदेश फर्किन लागेका हुन् ।
उनी नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिँउसो २ः५५ बजे मुम्बईबाट नेपाल फर्किने कार्यतालिका छ । अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ भने अब बाँकी उपचार भण्डारीले नेपालमा नै गर्ने उनको सचिवालयले जनाएको छ ।
ग्यास लिक भएर भण्डारी घाइते भएका थिए । सोही घटनामा घाइते भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।

तपाईंको प्रतिकृया




