मन्त्री किराती भन्छन्- रविलाई रोजेको मन्त्रालय दिनुपर्छ, मैले के त्याग गर्नुपर्छ तयार छु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

होटल सेवा व्यवस्थापनसम्बन्धी तालिम उद्घाटन कार्यक्रममा मन्त्री किरातीले जनमतको सम्मान गर्न रविले रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन् । ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ, त्यसका लागि मैले के त्याग गर्नुपर्छ तयार छु’, उनले भने ।

उनले अगाडि भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो, यो जनताको आक्रोश हो । मुख्यतः जिम्मेवार ठूला दलहरूको अकर्मण्यताको पराकाष्ठ हो । हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’ मन्त्री किरातीले गणतन्त्र नेपालमा राणाकालीन कानुन बोकेर हिँड्नु परेको समेत बताएका छन् ।

‘एउटा व्यवसाय दर्ता गर्न सात वटा मन्त्रालय र २२ ओटा विभाग र सयौं टेबल पुग्नुपर्ने अवस्था छ । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन झन्झटिलो नियम कानुन छन् । पैसामा चाबी लगाएर मरुभूमिमा श्रम गर्न पठाउने हाम्रो नीतिमै खोट छ । युवालाई खाडी पठाएर तिनले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको छ । तर तिनलाई नै आज प्लेनको टिकट महँगो भएकाले सास्ती भइरहेको छ’, उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस