काठमाडौँ । राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रवार अर्थ मन्त्रालयमा युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको युवा संघको टोलीले अर्थमन्त्री महतलाई अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी रोक्न ज्ञापनपत्र बुझाएका हुन् ।
अध्यक्ष थेबेले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धराशायी बनेका र महँगीले आकाश छोएको अवस्था अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी गलत भएको बताए । संघले अर्थमन्त्री डा. महतलाई सरकारले अयोग्य लडाकुको नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
तपाईंको प्रतिकृया




