माछापुच्छे बैंकद्वारा प्रहरीलाई विपद् व्यवस्थापन उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । माछापुच्छे बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उद्धार सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्धारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने भन्दै सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गर्नुभयो । बैंकका अध्यक्ष रोशन केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्धार कार्यको प्रशंसा गर्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरु दिएको हो । बैंकले देशभर ८६ शाखा, २ एक्स्टेन्सन काउन्टरलगायत ३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी ११८ स्थानबाट ग्राहकमा बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस