मेगा बैंकमा १ सय १४ जना कर्मचारी माग

काठमाडौं । मेगा बैंकले एकै पटक प्रधान कार्यालयदेखि नयाँ शाखा कार्यालयहरुसम्मका लागि ११४ जना कर्मचारी माग गरेको छ । बैंकले कर्पाेरेट अफिस र विरगञ्जमा गरेर तीन जना म्यानेजर तहका कर्मचारी माग गरेको हो ।

बैंकले अफिसर तहमा ३८ जना कर्मचारी माग गरेको छ । कर्पोरेट अफिसको लागि रिस्क, बैंकास्योरेन्स इन्चार्ज, आइटी विभागमा चौथो तहको अफिसर माग गरेको छ भने यहि पदमा रहेर जनकपुरको लागि शाखा प्रमुख माग गरिएको छ ।  चौथो तहको अफिसर तहमा भैरहवा र धनगढी शाखामा पनि कर्मचारी माग गरिएको हो ।

पोखरामा तेस्रो तहको अफिसरका लागि कर्मचारी माग गरिएको छ । कर्पोरेट अफिसमा केहि दोस्रो तहका अफिसर माग गरिएको छ । दोस्रो तहको अफिसरमा रहेर ओखलढुङ्गा, कालिकोट र विरकोट शाखाको शाखा प्रमुखमा जागिर खुलेको हो । सहायक स्तरको पदमा ७३ जना कर्मचारी माग गरिएको छ ।

आवेदनको लागि बैंकको वेवसाइटमा गएर ‘एप्लाइ नाउ’ मा क्लिक गर्नु पर्ने हुन्छ । यसैमा आवश्यक योग्यता देखिनेछ । आफ्नो योग्यता पुगेकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदनको लागि कात्तिक १४ गतेसम्म म्याद रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after