काठमाडौँ । सरकारले ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत रद्द गरेको जानकारी गराएको हो ।
निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/०८० का लागि चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका व्यवसायीहरूको निर्माण व्यवसाय इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ ।
सूची हेर्नुहोस् :-

तपाईंको प्रतिकृया




