रवि लामिछाने भारी मतान्तरसहित फेरि निर्वाचित

काठमाडौँ । चितवन २ मा रवि लामिछानेले फराकिलो मतान्तरले विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार रविले ५४ हजार १ सय ७५ मत ल्याएर विजयी भएका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९ सय ६२ मत बढी ल्याएका छन् । श्रेष्ठको मत ११ हजार २ सय १४ छ । तेस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । चितवनमा जम्म ७८ हजार ४ सय ६६ मत खसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री