एनआईसी लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा धरान उप–महानगरपालिका वडा नं. ८, सुनसरीमा सम्पन्न भएको छ ।

सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०७८-७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८-७९ नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित विभिन्न अनुसूचीहरू पारित गरेको छ ।

यसैगरी, सभाले संस्थाको सेयरधनीहरूलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले रु. २५करोड ६५ लाख ६७ हजार ४ सय नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

संस्थाले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल एनआईसी एसिया लघुवित्तले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।

यसका साथै, पछिल्लो समयमा अग्निपिडित परिवारहरूलाई खाद्यान्य तथा सामाग्री सहयोग, शितलहरबाट पीडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरूमा समेत आफुलाई स्थापित गर्दै आएको छ ।

“साथीसँगै सबल बन्दै” भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा, १२ महिनाको वारेन्टी

काठमाडौँ । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ …

प्रतिकृया दिनुहॊस