एसबी सोलुसन्सद्वारा नबिल बैंकमा क्याड मोड्युल सफलतापूर्वक लाइभ

काठमाडाैं । नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी एसबी सोलुसन्स् प्रालिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ ।

एसबी सोलुसन्सले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्त्वपूर्ण मोड्युल हो- क्याड मोड्युल ।

नबिल बैङ्कमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसँगै करिब एक वर्षभन्दा बढी समयदेखि यसको नियमित रूपमा उपयोग भइरहेको छ र यसले बैङ्कको स्वीकृति पत्रसँगै कर्ण तमसुक, प्रतिज्ञा पत्र, जमानतको लिखत आदि लगायत सम्पूर्ण कानुनी कागजातहरू छिटो र सजिलै तयार गदै आएको छ ।

एसबी सोलुसन्स्ले विगत पाँच वर्षदेखि नेपालको लोन अटोमेसन र प्रोसेस अटोमेसनको क्षेत्रमा काम गर्दै आएको छ । नबिल बैङ्कले स्वीकृति पत्र र कानुनी कागजातहरू क्याड मोड्युलबाट तयार गर्दै गरेको एक वर्ष पुरा भएसँगै एसबी सोलुसन्स्ले आफ्नो डिजिटल लेन्डिङ्गको यात्रामा एउटा कोसेढुङ्गा पार गरेको छ ।

डकुमेन्ट जेनेरेसन फिचरले बैङ्कलाई म्यानुअल प्रक्रियाबाट कागजातहरू तयार पार्न लाग्ने समय घटाई ग्राहकहरूलाई छिटो प्रशासनिक सेवाहरू प्रदान गर्न सहयोग गर्दै आएको छ । कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरूलाई इनोभेटिभ लेन्डिङ्ग अटोमेसन सोलुसन्स्हरु प्रदान गरिसकेको छ ।

क्याड मोड्युलले स्वीकृति पत्रका जटिल अवस्था र निर्भरताहरुलाई ह्यान्डल गर्न सक्ने गरी डिजाइन गरिएको छ, जसले संयुक्त स्वीकृति पत्र पनि सजिलै तयार गर्न सक्छ । यो प्रणालीले बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरूलाई धेरै सहज बनाउँछ जहाँ प्रयोगकर्ताहरूले केवल एउटा फारम भर्नु पर्छ र त्यसपछि ग्राहकअनुसार स्वीकृति पत्र सहित आवश्यक सम्पूर्ण कानुनी कागजातहरू सिस्टमले आफै तयार पारिदिन्छ ।

साथै, यस प्रणालीले एपीआई कन्जुम गरी अन्य सिस्टमको डाटाहरु लिएर अंग्रेजी इनपुटहरुलाई पनि नेपाली भाषामा अनुवाद गर्न सक्छ यसले प्रयोगकर्ताहरुलाई अझ सहज पारिदिन्छ ।

‘हामी क्याड मोड्युल मार्फत नबिल बैङ्कमा हाम्रो सोलुसन सफलतापूर्वक कार्यान्वयन गर्न पाउँदा उत्साहित छौं । हामी नेपालका सबै बैंक र वित्तीय संस्थाहरूमा समान स्तरको कानूनी कागजातहरू कार्यान्वयन गर्ने आशा राखेका छौ । नबिल बैङ्कको सफलता हाम्रो भिजन पूरा गर्नको लागि एउटा ठूलो कोसे ढुङ्गा हो,’ एसबी सोलुसन्स् प्रालिका सीईओ संजोग मिश्रले भने । ‘हाम्रो उद्देश्य सधैं नवीन समाधानहरू प्रदान गर्ने हो जसले बैंक र वित्तीय संस्थाहरूलाई उनीहरूको ऋण प्रक्रियालाई सुव्यवस्थित गर्न सक्षम बनाउँछ, र हाम्रो प्रयासले सकारात्मक नतिजा ल्याएको देखेर हामी खुसी छौं ।’

करिब पाँच वर्षको अन्तरालमा कम्पनीले २० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक र वित्तीय संस्थाहरूलाई सेवा प्रदान गरिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस