चितवन-२ अपडेट : रवि लामिछानेको अग्रता

काठमाडौं । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ ।

इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ र ३ को २४८४ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता हासिल गरेका छन् ।

पछिल्लो अपडेट अनुसार लामिछानेले ११५५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत प्राप्त गरेका छन् काँग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् ।

चितवन- २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा निर्वाचन आयोगले उपनिर्वाचनमा ६२.७७ प्रतिशत मत खसेको जानकारी दिएको छ ।

कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएको यस क्षेत्रमा रास्ववाबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री