तनहुँ १ मा स्वर्णिम ६४०४ मतान्तरले अगाडि

काठमाडौँ । तनहुँ १ मा २१ वटा वडाको मत गणना सक्दा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले ६ हजार ४०४ मतअन्तरका साथ अग्रस्थामा छन् । २९ हजार ८०२ मत गन्दा वाग्लेले १५ हजार १३५ मत ल्याएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ७३१ मत ल्याएका छन् । र, एमालेका सर्वेन्द्र खनालले ४ हजार ९९९ मत ल्याएका छन् ।

त्यस्तै, देवङाट गाउँपालिका ५ नम्बर वडाको मत गणनामा रास्वपाका स्वर्णिमले १ हजार २८६, कांग्रेसका गोविन्द भट्टराईले ६९८ र एमालेका सर्वेन्द्र खनालले ६०६ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री