काठमाडौँ । तनहुँ-१ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १६३४३ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन् ।
उनले ९१९८ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३८०६ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले २४६० मत ल्याएका छन् ।
स्वर्णिमले धेरै मत गन्दा मतान्तर पनि फराकिलो बनाएका छन् । अहिले उनी भट्टराईभन्दा ५३९२ मतले अगाडि छन् । यसअघिको नतिजामा ४१५४ मतको अग्रता थियो ।
तपाईंको प्रतिकृया




