काठमाडौँ । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।
आज बिहान ८ बजेसम्म १३ हजार ६५ मत गणना हुँदा वाग्लेले ७ हजार २ सय ९३ मत पाएका छन् । उनको पछिपछि रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार १ सय ३४ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।
तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् । तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
तपाईंको प्रतिकृया




