काठमाडाैँ । तनहुँमा गठबन्धन उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् । व्यास-११ स्थित पार्वती आधारभूत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
उनका प्रमुख प्रतिस्पर्धी रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालले आफैलाई मतदान गर्न पाउने छैनन् । अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार तनहुँ १ मा ६९ मतदान स्थल अन्तर्गत १ सय ५२ मतदान केन्द्रबाट मतदान हुँदै छ ।
उपनिर्वाचनको लागि ७५० कर्मचारी र ३ वटै तहका करिब २ हजार ६ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उपनिर्वाचनमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।
तपाईंको प्रतिकृया




