काठमाडाैँ । बुटवलबाट बागलुङको हटिया जाँदै गरेको बस दुर्घटना भएको छ । बस बुटवल–तानसेन खण्डको जोरधारास्थित सडकबाट तल खसेको जनाइएको छ ।
पश्चिम नेपाल बस व्यवसायीसँग आबद्ध लु.१.ख. ५९५६ बस बिहान ७ बजेर ४० मिनेटमा दुर्घटना भएको जनाइएको छ । उक्त बसमा २५ देखि ३० यात्रु रहेको पनि जनाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली गइसकेको पनि जनाइएको छ ।
तपाईंको प्रतिकृया




